प्रश्नै-प्रश्न: के नारा र भाषणले मात्रै महिलाको सशक्तिकरण हुन्छ ?

पाेखरा | कात्तिक १६, २०७९

प्रश्नै-प्रश्न: के नारा र भाषणले मात्रै महिलाको सशक्तिकरण हुन्छ ?

पार्वती पनेरु (महिला उद्यमी) 

 

आगामी मंसिर ४ गते प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यको निर्वाचन हुँदैछ । निर्वाचनमा आफुलाई सक्षम ठान्दै निर्वाचनमा विभिन्न राजनैतिक तथा स्वतन्त्र उम्मेदवारहरुले उम्मेदवारी दर्तासँगै प्रचारप्रसारमा जुटेका छन् ।

 

केही राजनीतिक दलहरुले पहिले गरेका विकास कामहरुलाई मुख्य एजेन्डा बनाएर चुनावी नारा तय गरेका छन् भने केहीले विगतमा गरेका गतिविधिहरुलाई मुख्य नारा बनाएर चुनावी प्रचारप्रसारमा छन् । तर पनि महिलाहरुले आफ्नो पक्षमा के कस्ता योजना अघि सारेका छन् भन्ने विषयमा चाँसो व्यक्त गरेका छन् ।

 

यसैक्रममा प्रस्तुत छ, स्याङ्जा निवासी पार्वती पनेरुले उम्मेदवारहरुले घोषणापत्र सार्वजनिक गरेसँगै महिला उद्यमीहरुको पक्षमा सुनगाभा न्यूजमार्फत उममेदवारहरुलाई उठाएको प्रश्न :

 

–तपाइहरुले (उम्मेदवार) दाबी गरको जस्तै महिला उद्यमीहरुलाई सशक्तिकरण गर्ने तालिमको कार्ययोजना कहाँ छ र  ?

 

–महिला उद्यमशिलताको लागि प्रदान गरिएको तालिमबाट कति महिला सक्षम भएका छन्, तपाइहरु (उम्मेदवारहरु) सँग कुनै लेखाजोखा छ ?

 

–उम्मेदवारहरुले कहिलेसम्म महिलाहरुलाई भोटको लागि मात्र प्रयोग गर्नुहुन्छ ? के हामी भोट बैंक हो ?

 

–महिला सशक्तिकरण के नारा र भाषणले मात्रै हुन्छ ?

तनहुँ ।   गाउँ पर्यटनलाई आर्थिक उपार्जन र रोजगारीको मुख्य स्रोत बनाउने उद्देश्यका साथ तनहुँको बन्दिपुरमा ‘गाउँ पर्यटन मेला २०८३’ आयोजना हुने भएको छ ।   नेपाल पर्यटन बोर्ड...

थप पढ्नुहोस्

पोखरा:    ५ करोड बढीको कारोबार गर्दै १४ औं राष्ट्रिय हेमजा आलु महोत्सव शनिबार सकिएको छ ।   गत २७ चैतबाट सुरु उक्त महोत्सवको अन्तिम दिन शनिबारसम्म त्यहाँबाट ३६ लाख बढीको आलु बिक्री भएको छ...

थप पढ्नुहोस्

पोखरा ।   तमु जातिको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक उद्गमस्थल मानिने ‘क्होला सोँप्री ट्हो’ को प्रवद्र्धनका लागि तमु प्ये ल्हु संघ युकेले विशेष भ्रमण तथा अन्वेषणमा निस्कने भएको छ । ...

थप पढ्नुहोस्